एनआईसी एशिया बैंकमा कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र २३ दिन बाँकी

काठमाडौं । एनआईसी एसिया बैंकमा कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवधि सकिन लागेकाे छ । बैंकमा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र २३ दिन बाँकी रहेको बैंकले जनाएको छ।
बैंकले ग्राहकहरुमा पर्ने आर्थिक भारलाई कम गर्ने हेतुले ल्याएको उक्त याेजना सञ्चालनमा ल्याएकाे छ।

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका योग्य ग्राहकले यस योजनामा सहभागी हुन सक्ने जनाएको छ।
यस योजनाबाट   कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने विश्वास बैंकले लिएको जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस