काठमाडौँ । मंगलबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ९ सयले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै मंलगबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपियाँले बढेर १ हजार ३९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




