काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस गरिएका राजदूतहरुबारे उजुरी दिन आह्वान गण्रेको छ ।
सिफारिस भएका तीन जनाबारे कुनै उजुरी भए उपलब्ध गराउन समितिले आह्वान गरेको हो ।
सुनुवाइ समितिले आज सूचना प्रकाशित गरी २२ भदौसम्ममा समितिको कार्यालयमा पुग्ने गरी उजुरी गर्न भनेको हो ।
सरकारले गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान तथा रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको थियो ।
तपाईंको प्रतिकृया



