पाटन अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौँ निवासी ५१ बर्षिय संक्रमित महिला र भक्तपुर निवासी ६२ बर्षिय संक्रमित महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार श्रावण ३० गतेदेखि पाटन अस्पतालमा उपचारत काठमाडौँकी ५१ बर्षिय संक्रमित महिलाको शुक्रबार राति १०:४० बजे मृत्यु भएको छ । त्यस्तै भदौ ८ गतेदेखि उपचारत भक्तपुरकी ६२ बर्षिय संक्रमित महिलाको शनिबार बिहान ६:४० बजे मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री