चितवन मेडिकल कलेजमा ४९ वर्षीय संक्रमित महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-५ की ४९ वर्षीया महिलाको शनिबार विहान उपचारको क्रममा मृत्यु भएको हो ।

आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौलासम्बन्धि समस्यामा ग्रसित रहेको अस्पतालले बताएको छ ।

उनलाई डायलाइसिस गर्न श्रावण २७ गते चितवन मेडिकल कलेज ल्याईएकोमा उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको थियो ।

यसअघि चितवन मेडिकल कलेजमा शुक्रबार पनि मकवानपुरको हेटौंडा कै ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । शुक्रबार मात्र चितवनमा तीन जना संक्रमितको मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री