आज देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

आगामी तीन  दिनको मौसम पूर्वानुमान

भाद्र ०३ गते (बुधबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०४ गते (बिहीबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

 भाद्र ०५ गते (शुक्रबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही  केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ । नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

प्रतिकृया दिनुहॊस