सुनसरी। करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका-५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार बिहान १० बजे मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस