ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा २० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थ केयरबीच  बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने गरि सम्झौता भएको छ।

सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २०प्रतिशत छुट पाउने छन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थ केयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको लाजिम्पाट स्थित सूर्या हेल्थ केयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउने छन्। बैंकका देशभर रहेका ग्राहकले सूर्या हेल्थ केयरमा सो छुट सेवा लिन सक्ने छन्।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री