काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा देखिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय १४ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ५ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहॊस