बैंक अफ काठमाण्डूद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं ।बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

महामारीको कठिन परिस्थितिका बीच नेपालमै पीपीई उत्पदान गर्दै आएको केन्द्रलाई संघले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकम बराबरको चेक  संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष डा. महाविर पुनलाई  हस्तान्तरण गरेका हुन् ।

केन्द्रले उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस