कोरोनाभाइरस संक्रमित बढेपछि वीरगञ्जमा अनिश्चितकालीन निशेधाज्ञा

काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन निशेधाज्ञा लगाएको छ।

वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको मृत्यु भएको छ। त्यहाँको एक औषधि कारखानाका कर्मचारीबाट समुदायमा संक्रमण फैलिएको आशंका भएपछि निशेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

वीरगन्जका सबै उद्योग, कलकारखाना र पसल बन्द गरिएको छ। आवातजावतमा कडाइ गरिएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले स्थानीयलाई अनुरोध गरेको छ। भारतबाट लुकिछिपी पस्ने क्रमलाई रोक्न थप कडाइ गरिने पनि बताइएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार औषधि काराखानाका कर्मचारीमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने क्रममा उनको सम्पर्कमा आएकामा पनि संक्रमण देखिएको थियो। अब निशेधाज्ञा जारी गरेपछि परीक्षण दर बढाइने प्रजिअ कार्कीले बताए।

पहिलो संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गरिनेछ। त्यसपछि संक्रमण फैलिएका ठाउँलाई लक्षित गरी समुदायस्तरमा नै परीक्षण गरिने उनले जानकारी दिए।

पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । शुरुमा भारतबाट नेपाल पस्नेको संख्या धेरै हुँदा संक्रमित पनि धेरै भेटिएका थिए । तर, त्यसपछि नियन्त्रण भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस