काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो मुलुक बनेको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३२ हजार ६ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने ६ सय१४ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या ९ लाख ७० हजार ५ सय ९६ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २४ हजार ९ सय ३५ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




