काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३५ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ लाख २० हजार ५ सय जना छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ भने ६१ हजार ६७ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
प्रतिकृया दिनुहॊस