कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ४६ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख ४६ हजार ६ सय १ जना पुगेको छ भने १ करोड १९  लाख ९४ हजार २ सय  ८० जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ६८ लाख ८४ हजार ५ सय ४५  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख ३३ हजार ९ सय ९२ जनाको, ब्राजिलमा ६६ हजार ८ सय ६८ जना,बेलायतमा ४४ हजार ३ सय ९१ जनाको र इटालीमा ३४ हजार८ सय ९९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७ लाख ४३ हजार ४ सय  ८१ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २० हजार ६ सय ५३ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस