पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ७४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार ७४० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार नाघेको छ । अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ६७४ जना, प्रदेश २ मा ३ हजार ९९५ जना, बागमती प्रदेशमा ५०७ जना, गण्डकी प्रदेशमा एक हाजर ११८ जना, प्रदेश ५ मा ३ हजार ८९१ जना, कर्णाली प्रदेशमा एक हजार ५३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५३५ जना संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म ६ हजार १४३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४८३ नमुनाको पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ३७ हजार ७६४ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा ३५ हजार ४७२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ८४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस