ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य

काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको ३६३औं बैठक बुधबार बसेको थियो । आचार्य यसअघि बैंकको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए । नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि सूचना अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री