काठमाडौंमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट  एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धकाे असार १७ गते मृत्यु भएको हो।

मृतकको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको  थियो । उच्च रक्तचाप र पार्किन्सनको  समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री