हिमालय एयरलाइन्स र हुवावेबीच सम्झौता

काठमाडौं ।   हिमालय एयरलाइन्स र हुवावे क्लाउड, चिनीया बहुराष्ट्रिय प्रविधि कम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौताबाट सूचना प्रविधिको नयाँ प्रयोगबाट उड्डयन क्षेत्रमा यात्रुले थप सहज सुविधा प्राप्त हुने दुई कम्पनीले विश्वास व्यक्त गरेका छन्।

सम्झौतापत्रमा हिमालय एयरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग सुइजेनले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताबाट हिमालय एयरलाइन्सले हुवावेको प्रविधि प्रयोग गर्ने छ। यसबाट टिकेटिङदेखि व्यावसायिक व्यवस्थापनसम्ममा सहजता आउने कम्पनीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस