खोलामा डुबेर २ जनाको मृत्यु

काठमाडौं । खोलामा डुबेर २ जनाको मृत्यु भएको छ  । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

ईलामको देउमाई नगरपालिका-५ का २५ बर्षीय हरि प्रसाद चापागाईको देउमाई खोलामा डुबेर मृत्यु भएको   छ । सोमवार दिउँसो देखि हराईरहेका चापागाईको  शव मंगलबार बिहान   खोलामा डुबेको अवस्थामा  फेला परेको प्रहरीलेे जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री