आज सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । मंगलबार सुनको मुल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनमा प्रतितोला एक सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार भने तोलामा ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ७६५ मा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस