काठमाडौं र कपिलवस्तुमा थप दुईजनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं र कपिलवस्तुमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँ चन्द्रागिरि निवासी ३२ बर्षिय पुरुष र कपिलवस्तु निवासी ६ बर्षिय बालिकामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणको संख्या २४५ पुगेको छ । जसमा १९७ जना पुरुष र ४८ जना महिला रहेका छन् । काठमाडौंमा यसअघि चन्द्रागिरि नगरपालिकामा नै एक जना र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको थियो ।Image may contain: text

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री