काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, धनुषा, महोत्तरीमा थप ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका ४० वर्षीय पुरुष, २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष छन् । यसअघि आजै बिहान काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जसमा २०१ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
तपाईंको प्रतिकृया




