चितवनको नारायणगढस्थित प्रभु बैंकको शाखामा आगलागी

काठमाडौं । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बिहान ११:२० बजे लागेको आगो ११:४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री