काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ४७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने २९ हजार ९ सय ७ ३ जना संक्रमित भएका छन् ।
यो सगैं संक्रमितको सख्या समेत ८ लाख ४८ हजार ७ सय १७ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
न्युवर्कमा हालसम्म २ लाख ६२ हजार २ सय ६८ जना संक्रमित भएका छन् भने २० हजार ३ सय ५४ जनाको मृत्यु भएको छ। त्यसैगरि न्युजर्सी राज्यमा ९५ हजार ८ सय ६५ जना संक्रमित छन् भने ५ हजार ६३ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




