लकडाउनमा थप कडाइ, मोटरसाइकल चलाउन पूर्ण रोक

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउन बाग्मती प्रदेशमा थप कडा बनाइने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि बाग्मतीमा लकडाउन कडा बनाइने भएको हो ।

प्रदेश सरकारका अनुसार आजदेखि राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाएने भएको छ । यस्तै किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।

बाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना सङ्क्रमित फेला परेपछि सतर्कताका लागि लकडाउन कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका थिए । पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिए ।

मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री