कोरोना अपडेट : विश्वभर मृतकको संख्या १ लाख १९ हजार नाघ्यो, १९ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट १ लाख १९ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख १९ हजार ५ सयको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १९ लाख २३ हजारभन्दा बढी पुग्दा ४ लाख ४४ हजारभन्दा बढी निको भएका छन् । अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेको छ ।

यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको हो । इटालीमा एकैदिन ३ हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ । एकै दिन ४ हजार १८८ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ७ सयभन्दा बढी पुगेको छ । फ्रान्समा संक्रमितमध्ये २७ हजार ७१८ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा अहिलेसम्म ८८ हजार ६२१ कुल सङ्क्रमित भएका छन् भने ११ हजार ३२९ जनाले ज्यान गुमाएका छन् । इरानमा ७३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५८५ जनाले ज्यान गुमाएका छन् । यसैबीच ४५ हजार ९८३ निको भएर फर्किएका छन् ।

बेल्जियममा ३० हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ९०३ जनाले ज्यान गुमाएका छन् भने यसैबीच ६ हजार ७०७ निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ३० हजार ७२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १९४ जनाले ज्यान गुमाएका छन् । यसैबीच ६४ हजार ३ सय निको भएर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस