दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु, ११ संक्रमित

काठमाडौं । दुबईमा कोरोना भाइरस संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय नेपाली महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

ती महिला रुपन्देहीको देवदह–६ की रहेको जनाइएको छ । पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी उनी कार्यरत घरमै मृत अवस्थामा फेला परेकी थिइन् । पछि अस्पताल लग्दा अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन् ।

आवुधावीस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छ । दूतावासका अनुसार यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ११ जना पुगेको छ । तीमध्येदुई जनालाई निको भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको …

प्रतिकृया दिनुहॊस

This will auto close after