स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् । ‘बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं । यसबाट हामी थप जोखिममा छौं भन्ने देखाएको छ’ प्रधानमन्त्रीले भने ।

‘विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ । तत्काल क्वारेन्टाइनमा जानुस् । तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,’ उनले भने । संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनको भनाइ थियो ।

भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो । त्यस्तै भारतीय ७ भन्दा बढी नागरिकलाई नेपालमा नै व्यवस्थापन गरिएको उनले सुनाए । कतिपय अनुसन्धान गर्ने संस्थाले नेपालले चालेका कदम विकसित मुलुकभन्दा प्रभावकारी रहेको भनेर प्रशंसा गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस