ट्रम्पले मास्क नलगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि राष्ट्रपति ट्रम्पले भने मास्क नलगाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई म कसरी मास्क लगाएर स्वागत गरौँ ।’ उनले शुक्रबार जारी उक्त निर्देशन पालना गर्न आफू बाध्य नभएको पनि बताएका छन् । जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ ।

त्यहाँको सरकारी स्वास्थ्य सल्लाहकार विभागले कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई मास्क लगाउने सुझाव दिएको छ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस