कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १६ हजार ५ सय ८५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १६ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, चीन र  स्पेन छ । ३ लाख ८२ हजार ९सय ९० जना हाल सङ्क्रमित रहेका छन् ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि विभिन्न देशले  धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालले  पनि  देशभर आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता ‘लकडाउन’ गरेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस