आजबाट दैनिक ५ घन्टा सेयर कारोबार हुने

काठमाडौं । आजबाट दैनिक ५ घन्टा सेयर कारोबार हुने भएको छ । नेप्सेले आइतबार (चैत २ गते) बाट दैनिक ५ घन्टा सेयर कारोबार गर्ने निर्णय गरेको हो । नेप्सेका अनुसार दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बजार खुल्नेछ ।
प्रत्येक दिन सार्वजनिक विदामा बाहेक आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुल्ने गर्दछ । यसअघि बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म दैनिक ४ घन्टा सेयर कारोबार हुने गरेको थियो । अब प्रत्येक दिन (आइतबारदेखि बिहीबारसम्म) १ घन्टा थपेर ५ घन्टा पुर्याइएको हो । नेप्सेले अर्को व्यवस्था नभएसम्मका लागि परीक्षणका रुपमा नयाँ नियम कार्यान्वयन हुने जानकारी गराएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले कारोबार समय थपेको हो । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चैत २ गते आइतबारदेखि कारोबार समय थप्ने निर्णय गरेको हो । यसबाट सेयर कारोबार रकममा थप वृद्धि हुने अधिकारीहरुले बताएका छन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री