चट्याङ लागेर दुईजनाको मृत्यु

म्याग्दी । जिल्लाको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। शनिवार राति परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो। चट्याङ लागेर गम्भिर घाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो। राति ९ बजे चट्याङ् लागेर घाइते भएका उनिहरुलाई ३ बजे बेनी अस्पतालमा ल्याइएको थियो। अहिले उनीहरुको शव परिक्षणका लागि बेनी अस्पतालको शव गृहमा राखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य