२४ घण्टाभित्रै झण्डै तीनहजार चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७ सय ३९ जना चालकलाई कारबाही गरेको छ।

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै सडक र फुटपाथमा सवारी पार्किङ गर्ने २४० जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

यो अवधिमा लेन मिचेर सवारी चलाउने २ सय ३ जना र निषेधित स्थानमा हर्न बजाउने ६१ जना चालकमाथि पनि कारबाही भएको छ।  पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा भएका ३६ वटा सवारी दुर्घटनामा १५ जना सामान्य घाइते भएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य