शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन

काठमाडौं । शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीले आवेदन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो शैक्षिक सत्रका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ विषयमा स्वयंसेवक शिक्षक पठाउने निर्णयअनुसार ती शिक्षकले आवेदन दिएका हुन्।

आवेदन दिने शिक्षकको संख्या १३ हजार ३ सय ५४ जना रहेका छन्। शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताए ।

उनका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य