लिभरपुल च्याम्पियन्स लिगकाे अन्तिम १६ बाट बाहिरियाे

काठमाण्डाै । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईकाे हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियाे विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एककाे बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई दुई–शून्यकाे अग्रता दिलाए । तर एट्लेटिकोका मार्कस लोरेन्टले ९७ औँ र १०५ औँ मिनेटमा गोल गर्दै खेल दुई–दुईकाे बराबरी गरेका थिए । खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई तीन–दुईकाे जित दिलाए ।

पहिलो लेगमा एट्लेटिको एक–शून्यले विजयी भएकोले समग्रमा चार–दुईकाे जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

यस्तै पेरिस सेण्ट जर्मेइन पनि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । कोरोना भाइरसका कारण रित्तो रङ्गशालामा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्टलाई दुई–शून्यले हराउँदै समग्रमा तीन–दुईकाे जित निकाल्दै पीएसजी अन्तिम आठमा पुगेको हो । पीएसजीका लागि नेयमार र बेर्नाटले गोल गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व च्याम्पियन अर्जेन्टिना पराजित, रोकियो ब्राजिल

काठमाडौं – विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराग्वेसँग पराजित भएको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस