रेमिट्यान्समा अग्रसर हुँदै सनराइज बैंक, जीएमई रेमिटसँग गर्यो सम्झौता

काठमाडौं । सनराइज बैंकले पनि रेमिट्यान्समा अग्रसरता देखाएको छ । बैंकले रेमिट्यान्स सेवा तथा सुविधा प्रदान गर्नका लागि जीएमई रेमिट्यान्ससँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जीएमई रेमिटका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् ।

सम्पुर्ण ग्राहकले सनराइज रेमिटमार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य