हिमालय एयरलाइन्सको दोहा उडान स्थगित

काठमाडाैं । निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले कतारको दोहा उडान तत्कालका लागि स्थगित गरेको छ। कतारले आइतबार नेपाललगायत १४ देशका नागरिकलाई प्रवेशमा राेक लगाउने निर्णय गरेसँगै हिमालय एयरलाइन्सले पनि उडान स्थगित गरेको हो।

हिमालयले कतारको दोहामा सातामा ४ उडान गर्दै आएको थियो। कतारले नेपालीलाई तत्कालका लागि भिसा नदिने निर्णय गरेसँगै हिमालयले उडान बन्द गरेको हो।

कतारले पनि कोराना भाइरसको नियन्त्रणका लागि भन्दै आइतबार १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। यसअघि फेब्रअरी ४ देखि चीनको विभिन्न ४ गन्तव्यमा उडान गर्दै आएको हिमालयले उडान स्थगित गरेको थियो। हिमालयले एयरलाइन्सले ४ वटा एयरबस जहाजमार्फत सेवा दिँदै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस