सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाण्डौं । सुनको मूल्यले मङ्गलबार फेरि नयाँ रेकर्ड राखेको छन् । तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री