काठमाडाैँ । ११० औं अन्तर्राािष्ट्रय श्रमिक महिला दिवसको अवसरमा अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले जाजरकोटका १७ जना विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोगका लागि सामाग्री प्रदान गरेकी छिन्
। दैलेख जन्मघर भएर सुर्खेतमा हुर्कदै रुकुममा विहे गरेर हाल संयुक्त राज्य अमेरीकामा रहेकी जयन्तीले विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाइ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा २५ हजार वरावरको शैक्षिक सामाग्रीहरु सहयोग गरेकी हुन् ।
जयचन्द्र मिडिया ग्रूप प्रालिद्धारा सन्चालित कुशेमालिका अनलाइनको समन्वयमा जयन्तीले उपलव्ध गराएको शैक्षिक सामाग्रीहरु आइतवार त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रमका विच भेरी नगरपालिकाकी उपमेयर भावना भन्डारीले विद्यार्थीहरुलाइ हस्तान्तरण गरिन् ।
उक्त विद्यालयको कक्षा १२मा पढ्ने ९ जना र कक्षा ११ मा पढ्ने ८ जना विपन्न विद्यार्थीहरुलाइ प्रति विद्यार्थी १५ सय वरावरका सम्वन्धित विषयका किताव, कलम, कापी लगाएतका अन्य शैक्षिक सामाग्रीहरु उपमेयर भन्डारीले उनीहरुलाइ हस्तान्तरण गरिन् ।
जयन्तीले कुशेमालिका अनलाइन मार्फत उपलव्ध गराएको पढाइ सहयोग सामाग्रीहरु कक्षा १२मा पढ्ने मिस्मा चलाउने, सावित्रा शर्मा, मोहन शाही, कर्णवहादुर शाही, पुजा वोहरा, अनिता खड्का, योगमाया विक, ललित शाही, रोशन भारती तथा कक्षा ११मा पढ्ने शुसीला रावत, जमुना रावत, राजु सार्की, ललित विक, सुरेन्द्र हमाल, नन्दु विक, धनमाया वुढाथोकी र सुनीता केसीलाइ वितरण गरिएको छ ।
जयन्तीको सहयोग पाउनेहरु जिल्लाको सातै स्थानीय तहवाट प्रतिनिधित्व गर्छन् ।पढाइ सामाग्री हस्तान्तरण गर्दै भेरी नगरपालिकाका उपमेयर भावना भन्डारीले सात समुद्रपारी रहेर पनि नेपाली जनताको सुख र दुखमा सहयोगी हात अगाढि वढाउने जयन्तीलाइ सवैले सलाम गर्नु पर्ने वताइन् ।
मानवता र परोपकारी भावना हराइरहेको अहिलेको जमानामा पनि विदेशी भुमिवाट नेपालीजनको दुखमा साथ दिन स्वस्फुर्त रुपमा अग्रसर हुनु जयन्तीको निकै प्रशंसनीय गुण हो, भन्डारीले भनिन् । पटक पटक जाजरकोटका विपन्न वालवालिका र जनतालाइ सहयोग गर्न अग्रसर जयन्तीलाइ उपमेयर भन्डारीले भेरी नगरपालिकाको तर्फवाट आभार तथा धन्यवाद दिएकी छिन् ।
अनलाइनका सम्पादक जनक केसीको समन्वयमा जयन्तीको सहयोग पाएपछि आफुलाइ पढाइमा ठुलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १२ की मिस्मा चलाउनेले वताइन् । हामीले देख्दै नदेखेकी र अमेरीकामा वस्दै आएकी जयन्तीले दिएको सहयोगले आफुलाइ पढाइमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने पनि चलाउनेले वताइन् ।
यस्तै वारेकोट गाउँपालिका घर भइ खलंगामा कक्षा ११मा पढ्ने नन्दु विकले सदरमुकाम खलंगामा वसेर पढ्न गाह्रो भएको वेला जयन्तीको सहयोग पाएर आफुलाइ ठुलो साथ मिलेको वताए । जयन्तीले यस अघि पनि गत वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १२ जना विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्रीहरु सहयोग गरेकी थिइन् ।
आफनै व्यक्तिगत खर्चमा जाजरकोट, सुर्खेत, दैलेख र रुकुमका दुइ दर्जन वढी सहाराविहिन वालवालिकाहरुलाइ पढाइरहेकी जयन्तीले विभिन्न प्राकृतिक तथा मानवीय विपत्तीमा परेकाहरुलाइ स्वस्फुर्त रुपमा विभिन्न खाले सहयोग गर्दै आएकी छिन् । जयन्तीले यस अघि कुशेमालिका अनलाइनको प्रथम वार्षिक उत्सवका अवसरमा सदरमुकाम खलंगा स्थित नेपाल आमा अनाथाश्रममा रहेका २७ जना वालवालिकाहरुलाइ १० हजारको खाद्य सहयोग गरेकी थिइन् भने गत गएको वैशाख १ गते नयाँ वर्षका अवसरमा महिला भलिवल प्रतियोगिता सन्चालनको लागि ५० हजार नगद सहयोग गरेकी थिइन् ।
यस्तै जयन्तीकै सहयोगमा जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १२ स्थित चैते डाँडाका ४ जना टुहुरा दलित वालवालिकाहरु दुइ वर्ष देखि पढिरहेका छन् । दुख र पिडा एवम आपतमा परेका कोहि पनि नेपालीलाइ सहयोग गर्दा आफुलाइ शान्ति र आराम मिल्ने गरेका कारण आफुले परदेशी भुमिवाट सकेको सहयोग गर्ने गरेको समाजसेवी जयन्तीले वताइन् ।
सन्सारको जुन कुनामा भएपनि नेपाली माटो र नेपाली जातिको मायाले आफनै जन्मभुमिमा केहि गर्न प्रेरित गरिरहने गरेको जयन्तीले वताइन् । कोहि पनि नेपाली दुखी र समस्यामा परेको हेर्न नचहाने आफनो स्वभाका कारण वेला वेलामा दुखमा परेकाहरुलाइ सहयोग गर्ने गरेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहॊस