महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

काठमाडौं । काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ।

यो घटना नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि भएको हो । पूर्वजर्नेल खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी एक महिलाले केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् ।

महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले ती महिलामाथि लाठी प्रहार गरेका थिए। यसरी  महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस