बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयमा खतिवडा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अाज दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेर सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी जिम्मा लगाएकी छन् ।

बास्कोटाले सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि लिंदै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस