सनराइज बैंकको ‘सनसाइन पपकर्न मेनिया’ योजना, फिल्मको टिकट किन्दा पपकर्न फ्रि

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनसाइन पपकर्न मेनिया’ नामक योजना ल्याएको छ ।

यही फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले क्यूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमा स्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।

सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्विस्टको प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ …

प्रतिकृया दिनुहॊस

This will close automatically after: