कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुगेको छ । भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । बेइजिङस्थित अमेरिकी दुतावासले ६० वर्षका आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २००३ मा फैलिएको स्वास्प्रश्वास सम्बन्धी समस्या (सार्स) प्रकोप भन्दा बढी चीनमा कोरोना भाइरसबाट प्रभावित भएका छन् । अन्य देशहरुमा पनि संक्रमितहरुको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट फर्कने नागरिकलाई विभिन्न देशले प्रवेशमा रोक लगाएका छन् । उनीहरुले विमानस्थलमा कडा चेकजाँच गर्नुका साथै दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियमहरु ल्याएका छन् ।

यसैबीच ठूला एयरलाइन्सहरुले चीनमा उडान स्थगित गरेका छन् भने कतिपयले सीमाको चेकजाँचमा पनि कडाइ गरेका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस