पाँच करोड ठगीमा प्रहरीले उन्मुक्ति दिएका तामाङ सिआइबीद्वारा पक्राउ

काठमाडौँ । घाना, जापान, माल्दिभ्सलगायतका मुलुक लैजाने प्रलोभनमा करिब एक सय युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै ठगीधन्दामा संलग्न बिएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङ कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार पक्राउ गरी सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान गरेको हो।

वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार कसुरमा दोषी ठहर भएका तामाङ एक वर्षदेखि फरार थिए । उनीविरुद्ध न्यायाधीकरणले ठगी मुद्दामा चार वर्ष ६ महिना जेल र चार लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । २४ मंसिर ०७५ मा तामाङविरुद्ध सुमन ऐरी, लक्ष्मण पुनमगर र रञ्जन गुरुङले उजुरी दिएका थिए । तर, उनी लुक्दै-छिप्दै वैदेशिक रोजगारीमा संलग्न थिए ।

यसै क्रममा ताङबाट ठगिएका पीडितले गत २२ माघमा टोखाबाट पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर बुझाएका थिए । २४ घन्टा हिरासतमा राखेपछि प्रहरीले प्रमाण नुगेको भन्दै भोलिपल्टै साँझ आफन्तको जिम्मा लगाएर छाडिदिएको थियो । पीडितको उजुरी तथा वैदेशिक रोजगार विभागको कारबाही गर्न भनी पठाएको पत्रको बेवास्ता गर्दै प्रहरीले छाडेपछि नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । सोही समाचारका आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ जना बिरामी

काठमाडौं । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी …

प्रतिकृया दिनुहॊस