मापसे गरी सवारी चलाउने १२१ चालकमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्र मादक पदार्थ सेवन गरी सवारीसाधन हाँक्ने १२१ चालक कारबाहीमा परेका छन्।  ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय ७९ जना चालकमध्ये १२१ ज्नाले मादक पदार्थ सेवन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

सडक र फुटपाथमा सवारी पार्किङ गर्ने ११५ र निषेधित स्थानमा हर्न बजाउने २८ जना चालकमाथि पनि कारबाही गरिएको छ।  पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा भएका ३६ वटा सवारी दुर्घटनामा २६ जना सामान्य घाईते भएका महाशाखाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री