पशुपति क्षेत्रबाट भट्टी पसल हटाइने

काठमाडौं । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।

पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ । आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भट्टी हटाउन लागेको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ ।

गोरखापत्रबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस