गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने

काठमाडौं । गायिका आस्था राउतलाई  प्रहरीले पक्राउ गर्ने  भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो ।  त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेकाे थियाे ।

विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै केही दिनअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो।

लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको आस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो।

राउतले ड्युटीमा खटिएका प्रहरीले आफुविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको दाबी गरेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस