नेपाललाई ११ स्वर्ण,१ रजत र १ कास्य गरी १३ पदक

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म ११ स्वर्ण, १ रजत र १ कास्य गरी १३ पदक हात पार्न सफल भएको  छ।  नेपालले कराँतेमा ६, तेक्वान्दोमा चार र ट्रायथलनमा एक स्वर्ण जितेको हो।

नेपालका लागि सोमवार अपरान्ह कराँतेका विप्लवलाल प्रधान, लक्ष्मण तामाङ र कुसुम खड्का अनि तेक्वान्दोकी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण जितेका छन्। (साग) मा खेलाडी मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाउन सफल भएका छन् ।

यस्तै, नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस