सन्दीपले कायम गरे अर्को किर्तिमान

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन् ।

शुक्रबार साप्ताहिकले छापेको खबर अनुसार उनले अक्टोवर २०१८ देखि सेप्टेम्र २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलेका छन् । सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानडाको ग्लोबल टी–ट्वान्टी र युएईको टी–२० खेल्ने क्रममा यी राष्ट्रको भ्रमण गरेका हुन् ।

सन्दीप धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन्। सन्दीपले ७ टिमबाट खेलेका छन् । सर्वेक्षण अनुसार सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस