दाङमा मोटरसाइकल दुर्घटना, दुई झनाको मृत्यु

दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले  उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबैले मादकपदार्थ सेवन गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस